महिलासँगै मिर्चैयाको होटलमा बसेका पुरुषको मृत्यु

महिलासँगै मिर्चैयाको होटलमा बसेका पुरुषको मृत्यु

सिरहा । सिरहाको मिर्चैयास्थित एक होटलमा बस्न पुगेका एक पुरुषको मृत्यु भएको छ। मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार करिव १२ बजेतिर एक महिलासँगै बास बस्न गएका कल्याणपुर नगरपालिका २ का करिव ४० वर्षीय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो।

पुरुष अचेत भएपछि महिलाले आत्तिदै तल झरेर खबर गरेको होलका संचालक विजय यादवले बताए। उनले भने, ‘महिला आएलगत्तै हामी सवैजना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए। तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्यायौँ, त्यहाँ पुगेलगत्तै स्वास्थ्यकर्मीले मृत घोषित गरे।’

घटनाको जानकारी पाउनेबित्तिकै पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लियर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए। महिलाको विषयमा प्रहरीले थप खुलाएको छैन । प्रहरीले मृतकको पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने बताउँदै अहिले शव स्थानीय स्वास्थ्य संस्थामा राखिएको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *