पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर – ८ बस्ने बारा निजगढकी ४३ वर्षीया सुष्मा कुमारी खड्का छिन् ।

खड्काले राजु शाहीलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसको लागि ११ लाख लाग्छ भनेर ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको उजुरी आएको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *