अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक

अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक चालक नियन्त्रणमा

मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङबाट आज दिउँसो अवैधरुपमा ओसारपसार गर्न लागिएका १८ वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।

दिउँसो १२ बजेको समयमा स्थानीय भान्जा वर्कशपभित्र राखेको अवस्थामा १८ वटा गोरु र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

Read More