नेपाली क्रिकेट टिमले ह्युस्टन हरिकेन्सलाई पराजित गर्दै पहिलो अभ्यास खेलमा जित दर्ता
नेपाली क्रिकेट टिमले अमेरिका भ्रमणमा रहेको अवसरमा ह्युस्टन हरिकेन्सविरुद्धको पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ। नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। अनिल साहले सर्वाधिक ४७ रनको योगदान दिए भने सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए।


