सिन्धुलीमा बस दुर्घटना: ग्लोबल आईएमई बैंकका २५ कर्मचारी घाइते
सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा बिहीबार अपराह्न बीपी राजमार्गमा भएको बस दुर्घटनामा ग्लोबल आईएमई बैंकका २५ जना कर्मचारी घाइते भएका छन्। महोत्तरीको बर्दिवासबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१० प ०१ – १७३२ नम्बरको पर्यटक बस दुर्घटनाग्रस्त भएको हो। गम्भीर घाइतेलाई खुर्कोट र धुलिखेल अस्पताल पठाइएको छ।


