मेयर हर्क सम्पाङ : रित्तो गाग्री बोकेर संघीय सरकारलाई दबाब दिने योजना

मेयर हर्क सम्पाङ : रित्तो गाग्री बोकेर संघीय सरकारलाई दबाब दिने योजना

धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ संघीय सरकारलाई धरानको खानेपानी समस्या समाधान गर्न दबाब दिन सोमबार काठमाडौं आएका छन्। उनले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने योजना बनाएका छन्।

Read More
संघ र प्रदेशमा सांसद संख्या घटाउन संविधान संशोधन : गगनकुमार थापा

संविधान संशोधन गरेर केन्द्र , प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने : मन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशमा सदस्य घटाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरिबीविरुद्ध एकीकृत सहयोग नेपाल नामको संस्थासँगको सहकार्यमा शनिबार आयोजना गरेको ‘कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा थापाले संविधान संशोधन गरेर केन्द्र र प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने बताएका हुन्। उनले संघीय सरकारमा १० देखि १२ जनामात्र मन्त्री बनाउनुपर्ने र प्रदेशमा पनि मन्त्रीको संख्या घटाउनुपर्ने विचार व्यक्त गरे। थापाले प्रदेशको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने धारणा पनि राखे।

Read More