राइड सेयरिङ प्लेटफर्म उबरमा १ लाख बीवाईडी कार सामेल हुने

राइड सेयरिङ प्लेटफर्म उबरमा १ लाख बीवाईडी कार सामेल हुने

चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ ।
यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसंग सम्झौता गरेको हो । उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुबिध दिन समेत यी दुई कम्पनीबिच सम्झौता भएको छ । साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रबिधीको विकास गर्ने समेत सहमती भएको छ

Read More