गोपी मैनालीको नयाँ कथा संग्रह “विशृंखलित सपना” लोकार्पित
कथाकार गोपी मैनालीको नयाँ कथा संग्रह “विशृंखलित सपना” लोकार्पित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले शनिबार आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरे। समीक्षकहरूले मैनालीका कथालाई उच्च कोटिको बताउँदै मानवीय संवेदना र सामाजिक परिवेशलाई समेटेको उल्लेख गरेका छन्।


