यस वर्षको एसईई परीक्षा: सम्पूर्ण तयारी पूरा, ५ लाख १४ हजार विद्यार्थी सहभागी हुने
राष्ट्रिय परीक्षा बोर्डले चैत ७ गतेदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ। यस वर्ष परीक्षामा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन्। देशभर २,०७९ परीक्षा केन्द्र तोकिएको छ भने कारागार र बाल सुधार गृहबाट समेत परीक्षा सञ्चालन हुनेछ। परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा नतिजा ग्रेडिङ प्रणालीमै प्रकाशित गरिनेछ भने उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।


