चन्द्रनगर गाउँपालिकामा मालसामान मर्मत सम्भारमा लाखौँ घोटाला
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको उल्लङ्घन गर्दै मालसामान मर्मत सम्भारमा लाखौं रुपैयाँ अनियमित खर्च गरेको महालेखापरीक्षकको ६२औं प्रतिवेदनले खुलासा गरेको छ। यो घटनाले स्थानीय तहमा वित्तीय लापरवाही र भ्रष्टाचारको गम्भीर प्रश्न उठाएको छ।


