अर्थमन्त्री विष्णुप्रसाद पौडेल: राजस्व संकलन सुधार भए पनि लक्ष्य प्राप्तिमा चुनौती
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व संकलनमा केही सुधार भए पनि वार्षिक लक्ष्य पूरा गर्न चुनौती रहेको बताएका छन्। भन्सार विभाग र कर प्रशासनलाई इमानदार र परिणाममुखी भएर काम गर्न निर्देशन दिँदै उनले आर्थिक निराशालाई चिर्न सरकार प्रतिबद्ध रहेको बताए।


