आफन्तको मृत्युमा महिलाले औंला काट्ने : आदिवासी समुदायको परम्परा

आफन्तको मृत्युमा महिलाले औंला काट्ने आदिवासी समुदायको अनौठो परम्परा

विश्वका कैयन् देश तथा सभ्यताहरुमा आज पनि सदियौं पुराना मान्यताहरू कायमै छन् । त्यस्ता परम्पराहरू अचम्म लाग्दा तथा कतिपय त डरलाग्दा पनि प्रतीत हुन्छन् । भलै अरु आम मानिसहरूलाई ती रितिरिवाज विचित्र लाग्छन् तर सम्बन्धित आदिवासी तथा समुदायका लागि भने ती परम्पराहरू विशेष हुन्छन् । यस्तै एउटा परम्परा इण्डोनेसियाको दानी आदिवासी समुदायमा प्रचलित छ । उक्त परम्पराका निकै अनौठो तथा भयभीत पार्ने खालको छ । दानी समुदायमा परिवारको कुनै पनि सदस्यको मृत्यु हुँदा महिला सदस्यहरुले आफ्नो औंलाको माथिल्लो भाग काट्ने गर्दछन् । मृतकको सम्मान तथा शोकमा महिलाहरूले कुनै हिचकिचाहट बिना नै आफ्नो औंला रेट्दछन् ।

Read More