मुक्तिनाथ केबुलकार परियोजनाको ईआईए प्रतिवेदन सार्वजनिक
पर्वतको शेराफाँटदेखि मुस्ताङको मुक्तिनाथसम्म पुग्ने प्रस्तावित केबुलकार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको छ। ८१ किलोमिटर लामो यो आयोजना धवलागिरि क्षेत्रको पर्यटन प्रवर्द्धन र वातावरणमैत्री यातायातका रूपमा अघि बढाइने तयारीमा छ।


