झापामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
झापाको दमक-४ चियाबगानस्थित आज बिहान बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो ।


