काठमाडौंमा तीन दिने खाना ‘उत्सव
जापानी खाना र पेय पदार्थका पारखीलाई लक्षित गरी काठमाडौंमा तीन दिने ‘उत्सव’ हुने भएको छ।
र्याडिसन होटल परिसरस्थित होक्काइदो रेष्टुरेन्टले वैशाख २८, २९ र ३० गते हुने उत्सव गर्न लागेको हाे ।
साँझ साढे ६ बजेदेखि राति साढे ९ बजेसम्म सञ्चालन हुने जापानी खाना, पेय र संगीतको उत्सवमा काठमाडौंमा रहेका पारखीले फरक स्वाद लिन सक्ने सञ्चालक अर्जुन अधिकारीले बताए।


