फिल्म "छक्का पञ्जा ५"

दीपकराज गिरीले फिल्म “छक्का पञ्जा ५” निर्माणको घोषणा गरे

निर्माता तथा अभिनेता दीपकराज गिरीले “छक्का पञ्जा ५” निर्माणको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टरमा दीपकराज गिरी र अभिनेत्री बर्षा सिवाकोटी देखिएका छन्, साथमा केदार घिमिरे ‘माग्नेबुढा’ छाता बोकेर उभिएका छन्। पोस्टरले फिल्मको राजसी ठाँटको झल्को दिन्छ, जहाँ गिरी राजा र सिवाकोटी रानीको भूमिकामा देखिनेछन्। चलचित्र असोज २४ गते प्रदर्शन गरिनेछ, जसको निर्देशन दीपाश्री निरौलाले गर्नेछिन्। चलचित्रलाई आइएमइ समूहले साथ दिएको छ।

Read More