मोतियाविन्दु शल्यक्रियाले फेरि उज्यालो संसार : बर्दिबासका गरिब परिवारको जीवनमा नयाँ आशा
बर्दिबास-१० खयरमारा मुसहर टोलकी ६५ वर्षीया दुलारी सदा मुसहरको जीवनमा फेरि उज्यालो फर्किएको छ। मोतियाविन्दुले आँखा ढाकिएपछि १० वर्षदेखि अँध्यारोमा बिताइरहेकी उनले निशुल्क शल्यक्रियापछि पुनः देख्न सक्ने आशा राखेकी छन्। बर्दिबास आँखा अस्पताल र इम्प्रुभिंग लाइभ्स इन नेपालको पहलमा आयोजित निशुल्क शिविरमा १०० जना अत्यन्त गरिब परिवारका व्यक्तिहरूले मोतियाविन्दु हटाउने शल्यक्रिया गराएका छन्। यस कार्यक्रमले बर्दिबासका मुसहर, यादव, र अन्य सीमान्तकृत समुदायका मानिसहरूलाई उज्यालो संसार फर्काइदिएको छ।


