गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु :कसरी भयो दुर्घटना ?
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।बिहीबार दिउँसो १:४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीले जानकारी दिए ।


