कपिलवस्तुमा स्रोत नखुलेको ६ लाख नगदसहित तीनजना पक्राउ
कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको ६ लाख रुपैयाँसहित तीनजना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्ति र थप अनुसन्धानबाट संलग्न तेस्रो व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


