पूर्वमन्त्री रायको हत्या आरोपमा एक जना पक्राउ, तीन जना पसेका थिए घरमा –
लालबन्दी : पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति पूर्वमन्त्री रायको हत्या भएको थियो। प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो। सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनापछि प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेको बताए। घटनाको समयमा मन्त्री रायको घरमा राति साढे ९ बजे…


