रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु

लालबन्दी : रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई जना किशोरको मृत्यु भएको छ। अविरल वर्षासँगै शनिबार साँझ करिब ६ बजे चट्याङ पर्दा वडा नं. २, हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएर…

0Shares
Read More

लामो दूरीका यातायात सोमबारसम्मका लागि बन्द

हरिपुर्वा : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शनिबारदेखि तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं…

0Shares
Read More

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु र घाइते भएकाहरुको सनाखत हुन सकेको छैन ।

0Shares
Read More

मौसम : मधेशसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

लालबन्दी : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको…

0Shares
Read More

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि गाडी चलाउन रोक

काठमाडौं । पानी परिरहेकाले यात्रामा जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ । जोखिम कायम रहेकाले सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न अधिकारीहरुले अनुरोध गरेका छन् । धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ । मुग्लिन–नारायणगढ…

0Shares
Read More

मधेस सरकारको छोरी शिक्षा बिमा कार्यक्रम बजेट अभावले स्थगित

जनकपुरधाम : मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो । शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट…

0Shares
Read More

नागढुंगा नाकाबाट बाहिरिने गाडी चालकलाई ट्राफिक प्रहरीले भन्यो- यात्रामा सावधानी अपनाउनु होला

१७ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरुलाई ट्राफिक प्रहरीले सुरक्षालाई प्राथमिकता दिएर यात्रा गर्न अनुरोध गरेको छ । काठमाडौंको प्रमुख नाका नागढुंगामा प्रहरीले माइकिङ गर्दै अत्यधिक वर्षाको प्रक्षेपण भएकाले यात्रामा सावधानी अपनाउन भनेको हो । वर्षा र बाढी पहिरोका कारण यात्रामा जोखिम हुने भएकाले सुरक्षालाई ख्याल गर्न कुनै खतरा महसुस भए नजिकको प्रहरी…

0Shares
Read More

खयरमारा बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

लालबन्दी : महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौँ लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु र…

0Shares
Read More

जनकपुरधाम-२० मा दुई समुदायबीच फेरि झडप, कर्फ्यू आदेश जारी

News Summary Generated by OK AI. Editorially reviewed. धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई समुदायबीच दशैंपछि फेरि झडप भएको छ। झडपका क्रममा तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी भएको र प्रहरीले २३ सेल अश्रुग्यास प्रहार गरेको छ। स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ र गत भदौमा पनि झडप भएपछि सर्वपक्षीय बैठक बसेको थियो।…

0Shares
Read More

महोत्तरीमा बस दुर्घटना हुँदा सर्लाहीका एकसहित दुई जनाको मृत्यु

लालबन्दी : महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको…

0Shares
Read More