बीपी राजमार्गमा बोलेरो दुर्घटना :२ जनाको मृत्यु

बीपी राजमार्गमा बोलेरो दुर्घटना :२ जनाको मृत्यु

सिन्धुलीमा बिहीबार बिहान बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ३ गम्भीर घाइते भएका छन्, जसमा चालकको अवस्था नाजुक छ।

0Shares
Read More

सर्लाहीमा खोलाले बगाएको दिदिबहिनीलाई उद्दार गर्न जाँदा डुबेर वृद्धको मृत्यु –

बलरा : सर्लाहीको बलरा नगरपालिका–१ स्थित मनुसमारामा खोलाले बगाएको बालिकाको उद्दार गर्न गएका एक वृद्धको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गजेन्द्र साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। बुधबार घाँस काट्न गएका स्थानीय अजय गिरीका छोरीहरू १२ वर्षीया निशाकुमारी र १५ वर्षीया पिंकी कुमारीलाई खोलाले बगाएको थियो। त्यस क्रममा…

0Shares
Read More

अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजी गर्न राजदूतसँग आग्रह

काठमाण्डौः नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजबिन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन् । पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजबिनका लागि आग्रह गरेका हुन् ।…

0Shares
Read More

रौतहटमा हत्या गरी फालिएको अवस्थामा वृद्धको शव फेला –

गौर : रौतहटको गौर नगरपालिका-५ कोइरी टोलमा हत्या गरी फालिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ। स्थानीय ७७ वर्षीय अनिरुद्ध महतोको शव बुधवार बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालय रोतहटकी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार शव फालिएको अवस्थामा धानखेतमा भेटिएको हो। पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हुन सक्ने प्रवक्ता गिरीको…

0Shares
Read More

मुख्यमन्त्रीले ८ राज्यमन्त्री हटाएपछि जनमतले भन्योः यो गठबन्धनभन्दा माथि जनता छ –

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले ८ जना राज्यमन्त्रीलाई हटाउने गरेको निर्णयलाई जनमत पार्टीले स्वागत गरेको छ। पार्टी अध्यक्ष सीके राउतको सचिवालयले मंगलबार साँझ मुख्यमन्त्री सिंहको कदमप्रति कृतज्ञता जनाएको हो। सचिवालयद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘मधेश सरकारमा अहिले कसैले नसोचेको कुरा सम्भव भएको छ। ५ वटा मात्रै होइन, ८ वटै राज्य मन्त्रीलाई हटाउने निर्णय…

0Shares
Read More
राहतका लागि कागजात पेस गर्न प्रशासनको अनुरोध

राहतका लागि कागजात पेस गर्न प्रशासनको अनुरोध

पर्सा : चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी यहाँका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमको लागि आवश्यक कागजातसहित सिफारिस गर्नसमेत…

0Shares
Read More
देशभर भारी वर्षा पर्ने,मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

अझै तीन दिन भारी वर्षा हुने, मधेशका एक दुई ठाउँमा ठूलो पार्नी पर्ने –

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको माहाशाखाको भनाइ छ। माहाशाखाका मौसमविद् मीनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हल्कादेखि भारी…

0Shares
Read More
अर्थमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

अर्थमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौँः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवबीच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको हो । कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ…

0Shares
Read More

बयलबासबाट २०० बोरा अवैध चिनीसहित मिनीट्रक र चालक नियन्त्रणमा –

लालबन्दी : सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबासबाट २०० बोरा अवैध चिनीको ट्रकसहित एक जना पक्राउ परेका छन्। आइतबार दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय केशरगंजको टोलीले नगरपालिकाको वडा नम्बर ५ सखुबनी टोल बयलबासबाट सिन्धुलीतर्फ जाँदै गरेको मिनीट्रक, त्यसमा लोड गरिएको चिनी र चालक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिकाका-२ फूलबारी टोल बस्ने ३७ वर्षीय झलक लिम्बूलाई नियन्त्रणमा…

0Shares
Read More
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, देश…

0Shares
Read More