खानेपानीमन्त्री प्रदीप यादव अस्थायी कार्यकक्षमा
आगलागीबाट पूर्ण रूपमा क्षति पुगेपछि खानेपानीमन्त्री प्रदीप यादव अस्थायी कार्यकक्षमा सर्नुभएको छ। मन्त्रालयका महत्त्वपूर्ण कागजात भने सुरक्षित रहेको छ।
आगलागीबाट पूर्ण रूपमा क्षति पुगेपछि खानेपानीमन्त्री प्रदीप यादव अस्थायी कार्यकक्षमा सर्नुभएको छ। मन्त्रालयका महत्त्वपूर्ण कागजात भने सुरक्षित रहेको छ।
आगलागीपछि प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले खानेपानी मन्त्रालयको कार्यकक्षको अनुगमन गर्दै सुरक्षा व्यवस्थामा सुधार र पूर्वतयारीको महत्त्वमा जोड दिएको छ।
चितवन जिल्लामा आइतबार बिहान दुई घण्टाभित्रै बस र मिनी ट्रक दुर्घटना भएका छन्। पहिलो दुर्घटनामा २५ जना यात्रु घाइते भए भने, दोस्रो दुर्घटनामा १९ खसी-बोका मरेका छन्।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन्।
सिन्धुलीको बीपी राजमार्गमा भएको कार दुर्घटनामा २८ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। दुर्घटनाको कारण अनियन्त्रित गाडी रहेको अनुमान गरिएको छ।
रौतहटमा सरस्वती माताको मूर्ति वाग्मती नदीमा सेलाउने क्रममा बेपत्ता भएका २२ वर्षीय सुरज यादवको शव बुधबार बिहान फेला परेको छ। सुरक्षाकर्मी र स्थानीयको खोजी प्रयासपछि माछा मार्ने जाल प्रयोग गरी उनको शव निकालिएको हो।
झापाको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको छ। अनियन्त्रित भई डाइभर्सनमा ठोक्किएपछि गम्भीर घाइते भएका सिटौलालाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना हुँदा कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ। विपरीत दिशाबाट आएको बसलाई साइड दिने क्रममा गाडी चिप्लिएर खोल्सामा पुगेको थियो।
नेपालमा आगलागी र डढेलोका घटनाहरूले ठूलो मानवीय र आर्थिक क्षति पुर्याएका छन्। गृह मन्त्रालयका अनुसार आगलागीका कारण २२ जनाको मृत्यु र १,६५६ घरपरिवार प्रभावित भएका छन्। यसका साथै, डढेलोबाट ५६ जनाको मृत्यु र १७९ जना घाइते भएका छन्। यस समस्यालाई समाधान गर्न सरकार जनचेतना कार्यक्रम सञ्चालन गर्दै आगलागी नियन्त्रणका लागि सुरक्षा र प्रशासनलाई तालिम दिन सक्रिय भएको छ।
तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।