सोलुखुम्बुको थामे क्षेत्रमा बाढी – हिमताल फुटेको आशंका
काठमाण्डौं, ३२ श्रावण । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ। भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे। थामे गाउँमा बाढीले क्षति पुर्याएको र दुधकोशी नदीमा पानीको…


