लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।
नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिलेको बताएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै दुई ठूला दल मिलेर बनेको सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने बताए।
वीपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको वीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पुर्याउँछु भनेकैले बिपीलाई जेलमा हालिएको बताए ।
सोही कारण वीपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उनले सुनाए ।
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपाली नेपाली कांग्रेससँग भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सहमति सार्वजनिक गरेका हुन् । जसमा पहिलो दुई वर्ष आफू र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा ०८४ सम्मको चुनावका लागि प्रधानमन्त्री बन्ने, राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या…
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले निराशा चिरेर जनतामा आशा जगाउने सरकार लागिपरेको बताए । ‘जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो’, प्रधानमन्त्री ओलीले भने । विकास निर्माणको…
सिमरा : विशेष अदालतमा विचराधीन अवस्थामा भ्रष्टाचार मुद्दा खेपिरहेका एक जनालाई ल्याउन बारा जितपुर उपहानगरपालिकाका एमालेका जनप्रतिनिधि लागिपरेका खुलेको छ। जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गराएर एमालेका जनप्रतिनिधि उक्त कार्यमा लागिपरेका हुन्। तर काफ्लेको सरुवा कानुनविपरीत भएको भन्दै तत्काल सरुवा रोक्न उपमहानगरले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार भने गरेको छ।सरकार फेरिएलगत्तै उपमहानगरपालिकाका…
काठमाडौँ । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना कायमै रहेकोले खोला तथा नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका…
पाल्पामा यो वर्ष ७४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाभित्रका ४२ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ३२ जना गरी सो संख्यामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
त्रिशूलीमा वेपत्ताहयात्रुहरुको खोजीमा खटियो भारतीय टोली ।
चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।
६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय’ को शुभारम्भ गर्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन…