सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारी विच भएको झडपमा एकजनाकाे ज्यान गएकाे छ भने एकजना घाईते भएका छन् । १५ शैयाकाे प्राथमिक केन्द्रलाई स्तराेउन्नती गरि ५० शैया बनाउने र नबनाउँने भन्ने विषयमा नगर कार्यपालिकामा विवाद भए पछी सृजना भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा स्थानीय जय शंकर साहकाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।
मधेश प्रदेश सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बरहथवा नगरपालिका ६ स्थित रहेकाे १५ शैयाकाे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तराेउन्नती गरि ५० शैयाकाे बनाउने विषयमा नेकपा(एमाले) र अन्य दलहरु विच पटक पटक विवाद हुँदै आएकाे आन्दाेलनकाे नेतृत्व गरि रहेका नेपाली कांग्रेस बरहथवाका सभापति विगु प्रसाद चाैधरीले जानकारी दिए ।
उनका अनुसार आफुहरुले बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालसंग समस्या समाधानका लागि पटक पटक लिखित माग गर्दा पनि वेवास्था गरेपछि शान्तिपूर्ण विराेध प्रदर्शन गरेकाे भए पनि प्रहरीले सत्ताकाे आडमा आफुहरु माथि अन्दा धुन्द गाेली चलाएकाे बताए ।
भिड नियन्त्रणमा नभए पछि बाध्य भएर अश्रुग्यास चलाउनु परेकाे सर्लाही प्रहरीले जनाएको छ ।१५ शैयाकाे प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाकाे प्रादेशिक अस्पताल बनाउनु पर्ने माग राख्दै नेपाली काँग्रेस बरहथवा नगर समितिकाे नेतृत्वमा पाँच दलिय गठबन्धन गरेर आन्दाेलन सुरु भएको हाे ।
नगर प्रमुख कटुवालले बेवास्ता गरेपछि आक्रोशित भिडले बरहथवा नगरपालिका माथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्दै करिब १४ राउण्ड अश्रुग्यास प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
किन उत्पन्न भयो तनाव ?
बरहथवा नगरपालिका ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैंयाको प्रादेशिक अस्पताल बनाउने नगरपालिका नगर कार्यपालिकाले आफैँले निर्णय कार्यन्वयन नगर्न नगर प्रमुख लागि परेपछि साे निर्णय कार्यान्वयनको माग राख्दै नेपाली काँग्रेस,जनता समाजवादी पार्टी(जसपा) नेपाल,जनमत पार्टी,लाेकतान्त्रीक समाजवादी पार्टी (लोसपा) नेपाल र बहुजन एकता पार्टी नेपाल सहित उद्योग बाणिज्य संघ बरहवथाले संयुक्त रुपमा शान्तिपूर्ण पटक पटक विरोध प्रदर्शन गर्दै आएका थिए ।
बरहथवा नगरपालिका/नगर कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणाधिन प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । तर स्थानीय सरकार प्रमुखले कार्यपालिकाको बहुमतले गरेको निर्णयलाई वेवास्था गरेपछि विवाद सुरु भएको जनमत पार्टीका राष्ट्रिय परिषद सदस्य त्रिभुवन सिंहले बताए ।
मृत्यु भएका साह र घाईते तथा प्रहार गरिएको अश्रुग्यासकाे विषयमा आधिकारिक प्रमाणित हुन बाँकी रहेकाे छ । अहिले बरहथवाका विभिन्न स्थानमा प्रदर्शनकारीहरुले टायल वालेर प्रदर्शन गरि रहेका छन् । बरहथवामा क्षेत्रमा ठुलाे मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारी विच झडप,एककाे मृत्युु


