राष्ट्र बैंक कि मायालु प्रियंका :कमल मान सिंहको मायालु गितमा इआर सहदेव चन्द

काठमाडौं। कमल मान सिंहको शब्द, संगीत र स्वरमा रहेको मायालु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियोमा नेपाल राष्ट्र बैंकका निर्देशक सहदेव चन्द र नायिका प्रियंका कार्कीको अभिनय छ। रोमान्टिक गीतमा चन्द र कार्कीले प्रेमिल मुडमा अभिनय गरेका छन्। गीतले भोलिको कुरा भुलेर आज जीउनुपर्ने कुरा बोलेको छ। गीतको एरेन्ज, मिक्स र मास्टरिङ बाबु प्रधानले गरेका छन्।

काठमाडौंको दुषित थानी होटल र हात्तीवनका मनोरम दृश्य कैद गरिएको भिडियोलाई रोमन मार्सले खिचेका हुन्। कमल मान सिंहकै निर्देशन रहेको भिडियोमा गायक सिंह पनि फिचर्स छन्।

411312952_899204051829180_2931885607962236155_n-1703404641.jpg

सिंहकै गीत जिन्दगीमा यसअघि चन्दले अभिनय गरेका छन्। त्यस्तै उनले अभिनाश घिसिङको गीत माथिल्लो लेकमा समेत अभिनय गरिसकेका छन्। इन्जिनियरसमेत रहेका चन्द राष्ट्र बैंकको गैरबैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागको निर्देशक हुन्।

भिडियाे लिंक :

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *