जीतपुर सिमरा उपमहानगरका वडाध्यक्ष कार्की पाँच लाख घुससहित पक्राउ

जीतपुर सिमरा उपमहानगरका वडाध्यक्ष कार्की पाँच लाख घुससहित पक्राउ

हेटौंडा । जीतपुर सिमरा उपमहानगरका वडाध्यक्ष तारा कार्की पाँच लाख घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जीतपुर सिमरा उपमहानगरपालिका- ३ का वडाध्यक्ष कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले पक्राउ गरेको हो ।

जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *