विमानस्थलमा बरामद सुनको शुद्धताबारे यस्तो आयो प्रयोगशाला रिपोर्ट

विमानस्थलमा बरामद सुनको शुद्धताबारे यस्तो आयो प्रयोगशाला रिपोर्ट

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राती बरामद गरेको धातु विशुद्ध सुन नै भएको पुष्टि भएको छ।प्रयोगशालामा ती धातु परीक्षण गर्दा विशुद्ध सुन नै भएको पुष्टि भएको भन्सार विभागले जनाएको छ।

कार्यालयले दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट पहेँलो धातु बरामद गरी शुक्रबार दिउँसो प्रयोगशाला परीक्षणका लागि विभाग पठाएको थियो। ‘ईडिएक्स उपकरणका माध्यमले परीक्षण गर्दा सबै मालवस्तुहरू विशुद्ध सुन भएको पाइयो,’ विभागको प्रयोगशाला रिर्पोटमा उल्लेख छ।

यो रिर्पोटसहितको प्रतिवेदन विभागले भन्सार कार्यालयलाई पठाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *