काठमाडौं । गुल्मीमा पर्ने मदन भण्डारी राजमार्ग अन्तर्गत सहायक सडकले तम्घास_सिमलटारीमा यात्रा कष्टकर बन्न थालेको छ।
सहायक सडक विस्तारको क्रममा फालिएको माटोले मुख्य सडकको कालोपत्रे भत्काएर यात्रा कष्टकर बनाएको छ। सडक विस्तारको क्रममा फालिएको माटोले मुख्य सडकको कालोपत्रे भत्काएर, सहायक सडकले तम्घास_सिमलटारीमा यात्रा, कष्टकर बन्दै गएको छ।
वर्षाले सहायक सडक विस्तारका क्रममा फालिएको माटो बगाएर मुख्य सडकमा थुपार्न थालेको छ । कालोपत्रे बाटोमा माटो, हिलो थुप्रिंदा साना, ठूला सवारी साधनलाई यो खण्ड पार गर्न समस्या हुन थालेको छ । दुई पाङ्ग्रे साधन चलाउन नसकिने भएको छ ।
मुख्य सडकमा थुप्रिएको हिलो हटाउन सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरिएको इस्मा गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए । वर्षाले सहायक सडक विस्तारका क्रममा फालिएको माटो बगाएर मुख्य सडकमा थुपार्न थालेको छ। कालोपत्रे बाटोमा माटो, हिलो थुप्रिंदा साना, ठूला सवारी साधनलाई यो खण्ड पार गर्न समस्या हुन थालेको छ। दुई पाङ्ग्रे साधन चलाउन नसकिने भएको छ।


