पोखरा । ‘टी ट्वान्टी विश्वकप’ क्रिकेटअन्तर्गत आज राति हुने नेपाल र नेदरल्याण्ड्स बीचको खेल पोखरामा प्रत्यक्ष प्रशारण (लाइभ) हेर्न पाइने भएको छ । पोखराको पृथ्वीचोकस्थित ‘परिचय एड्भरटाइजिङ प्रा.लि.’ को एलइडी स्क्रीनमार्फत क्रिकेट खेलको प्रत्यक्ष प्रशारण हेर्न पाइने भएको हो ।
परिचय एड्भरटाइजिङ प्रालिका प्रवन्ध निर्देशक शोभित बस्यालले सामाजिक सञ्जालमार्फत विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण हेर्न पोखरेली क्रिकेटप्रेमीलाई आमन्त्रण गरेका छन् । पोखरा महानगरपालिका र एसके साउण्डसँगको सहकार्यमा प्रत्यक्ष प्रशारण देखाउन लागिएको हो । सो स्क्रीनमार्फत यसअघि विश्वकप फुटवल २०२२ को फाइनल खेल प्रत्यक्ष प्रशारण देखाइएको थियो । नेपाल र नेदरल्याण्ड्स बीचको खेल पोखरामा लाइभ ।
टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले अमेरिकाको डालास मैदानमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति ९ः१५ मा सुरु हुनेछ । सुपर-८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ ।


