नेपाल र नेदरल्याण्ड्स बीचको खेल लाइभ पोखरामा पनि ।

पोखराको पृथ्वीचोकमा नेपाल र नेदरल्याण्ड्स बीचको खेल ‘लाइभ’ हेर्न पाइने

पोखरा, टी ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्याण्ड्स बीचको खेल आज राति प्रत्यक्ष प्रसारण हुनेछ। पृथ्वीचोकस्थित परिचय एड्भरटाइजिङ प्रा.लि. को एलइडी स्क्रिनमार्फत खेल हेर्न पाइनेछ। पोखरा महानगरपालिका र एसके साउण्डको सहकार्यमा आयोजना गरिएको यो कार्यक्रमले पोखरेली क्रिकेटप्रेमीहरूलाई खेलको रोमाञ्चकता अनुभव गर्न अवसर दिनेछ। खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ।

Read More