प्रसाईंलाई १२ मतले हराउँदै एमाले सर्लाही जिल्ला अध्यक्षमा साह निर्वाचित

नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएका छन्।

सहमतिमा अध्यक्ष चयन हुन नसकेपछि गरिएको मतदानमा साहको प्यानल नै विजयी भएको हो। अध्यक्षका अर्का प्रत्यासी गणेश प्रसाईंलाई झिनो मतान्तरले पराजित गरेका हुन्। साहले १२ मतले प्रसाईंलाई हराएका हुन्।

साह पुनः अध्यक्षमा चुनिएका हुन्। उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष विदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उपसचिव खुलामा बलराम यस्माली मगर र उपसचिव महिलामा विभा नेपाल विजयी भएका छन्।

यस्तै लेखा समिति अध्यक्षमा रमेशप्रसाद चौलागाई, सचिवमा रेणुका पौडेल र खुला सदस्यमा खेमबहादुर भण्डारी निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। कुल ६ सय १० प्रतिनिधिमध्ये ५ सय ७४ जना बुधबार मतदानमा सहभागी भएका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *