राष्ट्रिय सतर्कता केन्द्रले कुनै सूचना नै प्रकाशन नगरी आज ४ वटा ट्रायल सेन्टरमा ट्रायल रोकेको छ

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौँ उपत्यकामा रहेका यातायात व्यवस्था कार्यालय राधेराधे, ठुलोभप्याङ, चाबहिल र एकान्तकुनामा मापदण्ड विपरित ट्रायल सञ्चालित भइरहेको भन्दै मापदण्ड पुरा गरि ट्रायल संचालक गर्न जेठ २ गते निर्देशन दिएको थियो । 
केन्द्रले उल्लेखित तथा मापदण्ड बिपरित रहेको यातायात व्यवस्था कार्यालयले मापदण्ड मिचेर ट्रायल सेन्टरलाई चलाएमा कारबाही गर्न निर्देशन दिएको थियो ।  ट्रायल सेन्टरहरूमा तोकिएको लेआउटको क्रम नमिलेको, स्पिड बेक्रर टेस्टमा मिडल प्लेट राखेर स्लाप लामो बनाएको वा निर्देशिकामा तोकिए बमोजिम नभएको अनुगमनका क्रममा पाइएको केन्द्रले जनाएको छ ।
उक्त निर्देशन दिइएको भोलिपल्टनै केन्द्रले ४ वटा ट्रायल सेन्टरमा सावारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकेको छ । बागमती प्रदेश अन्तर्गत रहेको यातायात कार्यालयहरुमा आज बिनासूचना ट्रायल रोकिएको यातायात व्यवस्था कार्यालयले दर्पन आवाजलाई जानकारी दिएका हुन।
यातायात व्यवस्था कार्यालयले कुनै सूचना नै प्रकाशन नगरी ट्रायल रोक्दा सेवाग्राहीहरुले दुख पाए । लाइसेन्सको ट्रायल दिन सेवाग्राहीहरुको भिड भएपछि मात्रै यातायात कार्यालयहरुले सूचना निकालेका थिए । ट्रायल सेन्टरमा आएर सेवाग्राहीहरुले के कारण ट्रायल रोकिएको भनेर सोधिरहेका थिए ।बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बागमती प्रदेशमा भएको यातायात कार्यालयहरुको नियमन गर्ने गर्दछ ।
तर, बागती प्रदेशलाई पनि आज ट्रायल रोकिने विषयमा कुनै जानकारी थिएन ।श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले , आजबाट भक्तपुर, चावहेल, गुर्जुधारा र ठूलोभर्याङ यातायात कार्यालयमा ट्रायल रोकिएको बताए ।उनले भने, ‘राष्ट्रिय सतर्कता केन्द्रले ४ वटा ट्रायल सेन्टरमा स्थतलगत अध्ययन गरेको र त्यहाँ मापदण्ड पूरा नभएकाले रोक्न निर्देशन दिएको थियो ।
तर, केन्द्रले के के मापदण्ड पूरा नभएको हो भन्ने प्रतिवेदन हामीलाई दिएको छैन । हामीले मन्त्रालयका प्राविधिकलाई के के मापदण्ड पुरा नभएको हो त्यसको प्रतिवेदन बनाउन भनेका छौं । अब त्यो प्रतिवेदन आज भोलिमा सकिन्छ होला ।’शुक्रबार ट्रायल हुँदैन भने, शनिबार बिदा हो । आइतबारसम्म अध्ययन प्रतिवेदनअनुसार ट्रायल सेन्टरलाई सुधार गर्न भन्ने र सँगसँग ट्रायल पनि चल्ने उनले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *