उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।

माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै दाहालको सचिवालयले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा गर्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको सन्देश पठाएको छ।  

यता जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ।

सरकारबाट समर्थन फिर्ता लिने विषयमा पार्टीले अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल गरिरहेको छ। 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *