काठमाडौं : आजभन्दा करिब १८/१९ वर्ष पहिला अनेरास्ववियु अध्यक्ष स्व. रवीन्द्र अधिकारीको नेतृत्वमा विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक यातायातमा ५० प्रतिशत सहुलियत माग गर्दै आन्दोलन भएको थियो ।
उक्त आन्दोलनकै लागि कैयौँ दिन कैयौँ विद्यार्थीहरू सडकमा उत्रिए । राज्यको दमनबाट आन्दोलनकै क्रममा स्याङ्जाका देवी पौडेलले आफ्नो ज्यानसमेत गुमाए । सयौँ विद्यार्थी घाइते भए । विद्यार्थीहरूले भाडा छुट माग गरे पनि यातायात व्यवसायीहरूले छुट दिन नसक्ने भन्दै लामो समयसम्म गाडी थन्क्याएर आन्दोलनको विरोध गर्दै भाडा सहुलियतलाई अस्वीकार गरिरहे ।
विद्यार्थीहरूले भाडामा सहुलियत माग्दै आन्दोलनलाई थप सशक्त बनाएर निरन्तरता दिएपछि व्यवसायीहरू २५ प्रतिशतसम्म छुट दिन सहमत भए तर यातायात व्यवसायीहरूले छुट दिन नसक्ने भन्दै लामो समयसम्म गाडी थन्क्याएर आन्दोलनको विरोध गर्दै भाडा सहुलियतलाई अस्वीकार गरिरहे ।
तत्कालीन अनेरास्ववियुका अध्यक्ष स्व.रवीन्द्र अधिकारी, ठाकुर गैरे, रामकुमारी झाँक्री, कृष्ण केसीलगायतका विद्यार्थी नेताहरूले ५० प्रतिशतमा नै अडान लिए । आन्दोलनलाई निरन्तर दिइरहदा वि.सं. २०६५ सालमा सरकारले विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको थियो । सरकारले यातायात व्यवसायीहरूसँगको सहमतिमा परिचयपत्र हुने विद्यार्थीलाई सार्वजनिक यातायातमा कुल भाडादरको ४५ प्रतिशत भाडा छुट दिने व्यवस्था गरेको भए तापनि यो अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । विद्यार्थीका लागि सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट कागजमा मात्र सीमित भएजस्तो देखिदै आएको छ ।
उक्त भाडादरलाइ प्राथमिकता दिदै आज ट्राफिक प्रहरीले परिचयपत्र भएका विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट हुने बताएका छन । ट्राफिक प्रहरीले भने अनुसार नेपालको जुनसुकै ठाउमा सक्कली विद्यार्थी आईडी देखाई लोकल गाडी मा ४५% छुट पाउने छ्न भने विद्यार्थी पोसाक नभएको खण्डमा पनि परिचय पत्रको आधारमा छुट पाउने छ। बेल्का ८ बाजे पछि पनी छुट पाउने छ्न भने सेवा प्राप्त नभएको खण्डमा भने 103 मा ट्राफिक प्रहरीलाई फोन गरि उक्त गाडीको नम्बर टिपाउन सकिमे छ ।


