सुनकोशी–मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू, बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

सुनकोशी–मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू, बाँकी काम समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

हेटौँडा। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिन्धुली–सुनकोशी–मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रू गरिएको छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरुङको ब्रेक थ्रू गरिएको हो ।

२०७९ असोजबाट सुरुङ खन्ने कामको सुरुवात भएको यो आयोजनाले सुनकोशीको पानीलाई मधेश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पुर्‍याउने छ ।

तराईका धनुषा, महोत्तरी, सर्लाही र बारामा करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने प्राविधिकहरूले बताएका छन् ।

३१.७ मेगावाट विद्युत् पनि उत्पादन गर्ने लक्ष्य समेत रहेको गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेन्डले सुनकोशी नदीको पानी मरिण नदीमा पुर्‍याइने छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको यो योजनालाई उनले मधेश प्रदेशको समुन्नतिको प्रमुख आधारशीला भनेर व्याख्या गरेका थिए ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *