चन्द्रागिरि नगर क्षेत्रमा भारी वर्षा, मातातिर्थ औंसी मेला प्रभावित

चन्द्रागिरि नगर क्षेत्रका अधिकांश क्षेत्रमा अहिले भीषण वर्षा भइरहेको छ । नगरका दक्षिणी क्षेत्रमा मध्यान्हबाट मेघ गर्जनसहित वर्षा सुरु भएको हाे । वर्षाका कारण मातातिर्थ औंसी मेला लाग्ने तयारी भइरहेकोे मातातिर्थ चाैर क्षेत्र जलमग्न भएको छ ।

भाेलि बुधबार चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थानस्थित मातातिर्थ कुण्डमा मातातिर्थ औंसी मेला लाग्ने तयारी भइरहेको छ । चन्द्रागिरि क्षेत्रमा लामाे समयपछि भारी वर्षा भएको हाे ।

वर्षासँगै चन्द्रागिरि नगरका विभिन्न जंगलमा लागेकाे डढेलाे निभ्ने अपेक्षा गरिएको छ । लामाे समयदेखि वर्षा नहुँदा चिन्तित बनेका नगर क्षेत्रका कृषकहरु वर्षासँगै हर्षित बनेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *