बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको छ

सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो ।

काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई पर्यटन मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका सचिव दिपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ ।

त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव दिपक खराललाइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी), पशुपन्छीका रेवती ‘लाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि) र कृषि तर्फका सचिव गोविन्द प्रसाद शर्मालाई वनतिर पुर्‍याएको छ ।

लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याल उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *