जापान पठाउने भन्दै २१९ जनाबाट ३ करोडभन्दा बढी रकम ठगी, दुई जना पक्राउ

काठमाडौं । जापान पठाइदिने भन्दै दुई सय जनाभन्दा बढीलाई ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दुई जनालाई पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए। 

पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं मनहरा नगरपालिका बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाका ४६ वर्षीय इश्वरी पाण्डे छन्। राजनले आफूलाई नारायणबहादुर राई र ईश्वरीले आफूलाई पर्वराज पाण्डे भनेर चिनाएका थिए। उनीहरू दुई जनाले मिलेर नियोनी एजुकेसन प्रालि खोलेका थिए। 

त्यसको विज्ञापन गरी जापान पठाइदिने कन्सल्टेन्सी भनेर दुई सय १३ जनालाई ठगी गरेको एसएसपी भट्टराईले बताए। उनका अनुसार उनीहरूबाट ३ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरी र वैदेशिक रोजगार विभागमा उजुरी परेका छन्।

एसएसपी भट्टराईका अनुसार उनीहरूले जापान पठाइदिने भनेर रकम लिने र त्यसपछि सम्पर्कविहीन हुने गरेको खुलेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *