भाइरल ‘भेलु बाजे’को निधन

काठमाडौं : सामाजिक सञ्जालमा भेलुबाजेका नामले भाइरल  प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ।

विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।

अत्यधिक मादकपदार्थ सेवनको कारण उनी अस्पताल भर्ना भएका थिए। पारिवारिक अनुसार आज अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुबाजेलाई १ बजेतिर अस्पताल पुर्‍याइएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । ।

अत्यधिक मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।

६१ वर्षीय बुढामगरले ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालका माध्यमबाट ‘भाइरल’ बनेका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *