तराईमा कम्तीमा पाँच दिन लू चल्ने सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

तराईमा कम्तीमा पाँच दिन लू चल्ने सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

सोल्टी : आगामी केही दिनसम्म देशभरको तापक्रम उल्लेख्य मात्रामा बढ्ने मौसम विज्ञान विभागको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खासगरी तराईंका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नु महाशाखाले अनुरोध गरेको छ।

तराईंका भूभागहरूमा आगामी ५ दिन अर्थात् २०८१ वैशाख १६ गतेदेखि वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाइएको छ। साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले यसबाट बच्न विभिन्न उपायहरू अपनाउन महाशाखाको अनुरोध छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *