सागोरिकाको चार गोलले नेपाल पराजित, साफ यू-२० महिला च्याम्पियनसिप

सागोरिकाको चार गोलले नेपाल पराजित, साफ यू-२० महिला च्याम्पियनसिप

काठमाडौं, ५ साउन।  सागोरिका एक्लैले चार गोल गर्दै बंगलादेशले साफ यू-२० महिला च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ। अन्तिम खेलमा नेपाललाई ४–० को फराकिलो अन्तरले हराउँदै बंगलादेशले लगातार उपाधि रक्षा गर्न सफल भएको हो। नेपाल फेरि पनि उपविजेतामै सीमित हुन पुग्यो।

खेलको आठौं मिनेटमा नै सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङलाई बिट गर्दै पहिलो गोल गरिन्। त्यसपछि दोस्रो हाफमा उनले ५१औं, ५८औं, र ७७औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक मात्र हैन, एकल प्रयासमा चार गोल पूरा गरिन्।

नेपाली टिम आजको खेलमा स्पष्ट रूपमा दबाबमा देखियो। पहिलो हाफमा एक गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो। खेलभरि नेपाली खेलाडीहरू निरीह प्रदर्शनमा सीमित रहे।

नेपाललाई फाइनल जित्नैपर्ने दबाब थियो, तर सागोरिकाको पुनरागमन र प्रदर्शनले बंगलादेशलाई स्पष्ट विजय दिलायो। सागोरिकाले अघिल्लो नेपालसँगको खेलपछि रातो कार्डका कारण तीन खेल गुमाएकी थिइन्। तर, आजको खेलमा उनी एक्लैले नायिका बन्न सफल भइन्

बंगलादेशले प्रतियोगिताका सबै ६ खेल जित्दै १८ अंक जोडेर च्याम्पियन बन्यो भने नेपालले ४ जित र २ हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा सन्तोष मान्नुपर्‍यो।

नेपालले यसअघि भुटानलाई ६–१ र ८–०, तथा श्रीलंकालाई ७–० गोल अन्तरले हराएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *