आईसीसी विश्वकप लिग–२ : नेपालको शानदार जित, नेदरल्यान्ड्स ९ विकेटले पराजित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए भने कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए । खेलमा अनिलले ५७, आसिफले ५४ र कुशलले २८ रनको योगदान गरे ।

योसँगै लेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत पहिलो जित निकालेको छ ।

यसअघि टस हारेर पहिलले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।

नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भएका थिए ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४, ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *