सर्लाहीको मलंगवामा सवारी दुर्घटना, नापी कार्यालयका प्रमुख सहित ११ घाईते

सर्लाही– सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ११ गम्हरियामा सोमवार राती करीब ८ बजे भएको सवारी दुर्घटनामा एउटै कार्यालयका कार्यालय प्रमुख सहित ११ जना घाईते भएका छन । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ ।

मलंगवाबाट नवलपुर तर्फ जादै गरेको उखुको लोड गरेको ज २ त १०६७ नम्बरको ट्रेक्टरलाई पछाडीबाट सोही दिशा तर्फ जादै गरेको बि.आर. ०६ पी.डी. ९६४८ नम्बरको सफारी गाडी ठोकिन जादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।

तिब्र गतिमा रहेको सफारीले उखु बोकेको ट्रेलरमा ठोकिन जादा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । दुर्घटनामा घाईते हुने सबै सफारी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी काभ्रे बनेपा उपमहानगरपालिका बस्ने सर्लाही जिल्लाको नापी कार्यालयका प्रमुख ४५ वर्षिय संजय मान्धर सहित ११ जना घाईते भएको डिएसपी पंजियारले जानकारी दिए । मानन्धरको टाउकोमा गम्भीर घाउचोट लागेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

मलंगवा प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विरगंज तर्फ पठाईएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी सफारी गाडीमै सवार सर्लाही कौडेना गाउपालिका २ बस्ने २४ वर्षिय संजित मण्डल, सर्लाही मलंगवा नगरपालिका ३ बस्ने ३५ वर्षिय रामलाल साह, सोही ठाउ बस्ने ५० वर्षिय बैद्धनाथ पटेल, महोत्तरी एकडारा गाउपालिका २ बस्ने ३० वर्षिय रिटेन यादव, सर्लाही मलंगवा नगरपालिका ७ बस्ने ३४ वर्षिय रामबावु राय, धनुषा सहिदनगर नगरपालिका ७ बस्ने २९ वर्षिय दिपेन्द्र यादव, बारा कलैया उपमहानगरपालिका २० बस्ने २४ वर्षिय सहिद अनवर, सर्लाही बागमती नगरपालिका ५ बस्ने बिनोद घिमिरे, महोत्तरी बस्ने ३० वर्षिय बैजु यादव, महोत्तरी बस्ने २५ वर्षिय अजय यादव गम्भिर घाईते भएको डिएसपी पंजियारले जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *