एक जना शाखा अधिकृतसँग ४ करोड ४० लाख गैरकानुनी सम्पत्ति

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृतविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार तत्कालीन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी रुपमा चार करोड ४० लाख १५ हजार नौसय २५ रुपैँया ८६ पैसा आर्जन गरेको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ साउन २६ गतेदेखि २०७९ जोठ ३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोही अनुसारको अन्तिम मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा स्रोत नखुलेको रकम फेला परेको अख्तियारले जनाएको छ ।

सो अवधिमा उनको वैध आय पाँच करोड ९४ लाख ६७ हजार एक सय ४८ रुपैयाँ १० पैसा देखिए पनि कुल सम्पत्ति भने १० करोड २३ लाख ९२ हजार दुई सय ८८ रुपैँया १५ पैसा देखिन आएको अख्तियारको दाबी छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *