काठमाडौं। नेपाल सरकारका उप प्रधान एवम गृह मन्त्री नारायण काजी श्रेष्ठ,खानेपानी मन्त्री महेन्द्र राय यादव,गृह सचिव दिनेश भट्टराई र कारागार व्यावस्था विभागका महा निर्देशक कशिराज दाहाल सर्लाही आएका छन् ।
आईतवार सर्लाही कारागार उद्घाटन,लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्न लखन्देही नदीको पुल शिलान्यास र मधेश प्रदेशका जिल्लाहरुमा मिटर व्याज सम्बन्धि उजुरीहरु माथिको छलफलहरुका साथै प्रगति बुझ्न उनीहरु शनिबार साँझ सर्लाही आएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । द्वन्द्वकालमा क्षेती पुगेपछि लामो समयपछि निर्माण सुरु भएको कारागार केही समय पहिला मात्रै निर्माण सम्पन्न भएको थियो भने लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्ने लखन्देही नदीमा लामो समयपछि पक्की पुल निर्माणका लागि ठेक्का लागि सकेको छ ।
रु ७५ करोड ५० लाख बजेटको व्यावस्था भए पछि लालबन्दी नगरपालिका ११ हिरापुर र लालबन्दी नगरपालिका १२ जियाजोर जोड्न लखन्देही नदीमा चार सय ८५ मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल निर्माणको प्रक्रिया सुरु भई सकेको छ ।
देशै भरीमा सबैभन्दा धेरै मिटर व्याज सम्बन्धि उजुरीहरु मधेश प्रदेशमा परेका छन् जसको पटक पटकको छलफल पछि केही उजुरीहरु मात्रै फर्छयौट हुन बाँकी रहेको मिटर व्याज ठगी तथा पीडित किसान मजदुर संघर्ष समितिले जनाएको छ । शनिबार साँझ सर्लाही आएका उनीहरु लालबन्दी बसेका प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।


