‘सिधाकुरा’ अनलाइनमा शुक्रबार प्रकाशित ‘स्टिङ अपरेसन’ भनिएको एउटा अडियोले अहिले मिडिया बजारमा हङ्गामा मच्चाएको बेला आज सोमबार सर्वोच्च अदालतले सिधाकुरा डट कमले प्रकाशन र प्रसारण गरेको ‘द डार्क फाइल’ नामक श्रृङ्खला २४ घण्टाभित्र हटाउन आदेश दिएको छ ।
सोमबार बसेको सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ‘द डार्क फाइल’ श्रृङ्खलाका समाचार सामाग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको हो
त्यस्तै उक्त विषयसँग सम्बन्धित अन्य कार्यक्रम र समाचार उत्पादन, प्रशारण र पुनः प्रशारण लगायत कुनै कार्य नगर्न अदातलले आदेश दिएको छ ।