पाकिस्तानको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नोर्बर्टो सोलानो नियुक्त
पेरुका पूर्वफुटबल स्टार नोर्बर्टो सोलानो पाकिस्तानको राष्ट्रिय र यू–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। उनीसँगै अर्जेन्टिनाका जर्ज कास्टानेइरा सहायक प्रशिक्षक हुनेछन्।


