संघ र प्रदेशमा सांसद संख्या घटाउन संविधान संशोधन : गगनकुमार थापा

संविधान संशोधन गरेर केन्द्र , प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने : मन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशमा सदस्य घटाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरिबीविरुद्ध एकीकृत सहयोग नेपाल नामको संस्थासँगको सहकार्यमा शनिबार आयोजना गरेको ‘कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा थापाले संविधान संशोधन गरेर केन्द्र र प्रदेशमा सांसदको संख्या घटाउनुपर्ने बताएका हुन्। उनले संघीय सरकारमा १० देखि १२ जनामात्र मन्त्री बनाउनुपर्ने र प्रदेशमा पनि मन्त्रीको संख्या घटाउनुपर्ने विचार व्यक्त गरे। थापाले प्रदेशको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने धारणा पनि राखे।

Read More